नियम १२
नाप तौलमा टाँचा लगाउने
(१) निरीक्षकले कुनै पनि नाप तौल र नाप्ने तौलने यन्त्रमा टाँचा लगाउनु अघि त्यस्ता नाप तौल र नाप्ने तौलने यन्त्र ऐन र यी नियमहरुबमोजिम भए नभएको हेर्नुपर्छ ।
(२) नाप तौल र नाप्ने तौलने यन्त्रमा सो यन्त्र बनाउने व्यापारीको टाँचा निरीक्षकको टाँचासँग मिलेको हुनुहुँदैन ।
(३) निरीक्षकले आफ्नो समक्ष जाँचको निमित्त ल्याएको नाप तौल र नाप्ने तौलने यन्त्रमा अनुसूची–७ बमोजिमको टाँचा लगाउनु पर्छ ।
तर नाप तौल र नाप्ने तौलने यन्त्र व्यापारिक प्रचलनमा ल्याउ“दा खिइने वा घिसिन जाने वा बलियो नभएको भन्ने लागेमा त्यस्तो नाप तौल र नाप्ने तौलने यन्त्रमा टा“चा लगाउनु हुँदैन ।
(४) निरीक्षकले उप–नियम (३) बमोजिम टाँचा लगाउँदा काँचको, माटोको इनामेल पोतिएको ग्राहिता नाप बाहेकका नाप तौल र नाप्ने तौलने यन्त्रमा यथासम्भव जाँचको मिति समेतको टा“चा लगाउनु पर्छ ।
(५) निरीक्षकले जाँच र टाँचा लगाउने काम सकेपछि सम्बन्धित व्यापारीलाई नाप तौल र नाप्ने तौलने यन्त्र जाँच गरेको अनुसूची–८ बमोजिमको प्रमाणपत्र दिनु पर्छ ।
(६) उप–नियम (५) बमोजिम प्राप्त प्रमाणपत्र नाप तौल र नाप्ने तौलने यन्त्र प्रयोग गरिने स्थानमा सबैले देख्ने गरी राख्नु पर्छ र अस्थायी फिरन्ता व्यापारीले यस्तो प्रमाणपत्र आफ्नो साथमा राख्नु पर्छ ।